काठमाडौं । आज चारवटा प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पश्चिमी वायु केही बलियो देखिँदा विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको देखिएको हो।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिकबदली देखि मुख्यतया सफा रहने पूर्वानुमान छ।
यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै बाँकी पहाडी इलाकाका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातका साथै बाँकी उच्च पहाडी र हिमाली इलाकाका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ।
आज राति पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने पूर्वानुमान छ। यस्तै, पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी र हिमाली भेगका थोरै तथा बाँकी उच्च पहाडी र हिमाली क्षेत्रका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।