एसपी नवराज अधिकारीले पाए काठमाडौं प्रहरीको प्रवक्ताको जिम्मेवारी

एसपी नवराज अधिकारीले पाए काठमाडौं प्रहरीको प्रवक्ताको जिम्मेवारी

सोमवार, फाल्गुण ७ २०८०
सोमवार, फाल्गुण ७ २०८०
  • एसपी नवराज अधिकारीले पाए काठमाडौं प्रहरीको प्रवक्ताको जिम्मेवारी

    काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी पाएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट सरुवा भएर परिसर पुगेका अधिकारीलाई काठमाडौं प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

    यसअघि सीआईबीको प्रवक्तामा पनि अधिकारी नै थिए । उनी परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलको ठाउँमा सरुवा भएर आएका हुन् ।

    ढुंगेलले पर्सा प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयले फागनु १ गते ७८ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij