मेलम्ची भ्रष्टाचार काण्डमा तीन पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

मेलम्ची भ्रष्टाचार काण्डमा तीन पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

आइतवार, फाल्गुण ६ २०८०
आइतवार, फाल्गुण ६ २०८०
  • मेलम्ची भ्रष्टाचार काण्डमा तीन पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्वसचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेर परामर्शदाता तथा निर्माण कम्पनीमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

    आयोगले पूर्वसचिव सञ्जय शर्मा र सहसचिव मुकुन्दप्रसाद पौडेल विरुद्ध छ करोड ९७ लाख,  खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्याय विरुद्ध चार करोड ११ लाख रुपैया बराबरको बिगो दाबी गर्दै मुद्धा दायर गरेको छ । त्यसैगरी खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरविरुद्ध ६० करोड ४९ लाख बराबरको बिगो दाबी गरिएको छ ।

    मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध ११ करोड नौ लाख बराबरको बिगो दाबी गर्दै मुद्धा दायर गरिएको छ । आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य चन्द्रबहादुर थापाविरुद्ध ७१ करोड ५८ लाख, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराईविरुद्ध २२ करोड ७५ लाख बराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

    त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा विरुद्ध ३२ करोड ३५ लाख बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ । त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेलविरुद्ध ८९ करोड आठ लाख, समितिका तत्कालीन उपसचिव मणिभद्र न्यौपानेविरुद्ध ३२ करोड ३५ लाख, लेखा अधिकृत रामचन्द्र न्यौपानेविरुद्ध ३२ करोड ३५ लाख बराबरको बिगो दाबी गरिएको छ ।

    तत्कालीन उपसचिव बेगनाथ पौडेलविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार छ सय ६३, तत्कालीन उपसचिव केदारप्रसाद अर्यालविरुद्ध ४४ करोड ७३ लाख, समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाविरुद्ध ३२ करोड ३५ लाख बराबरको बिगो दावी गरेको छ । परामर्शदाता कम्पनीका ‘डिपुटी टिम लिडर’ शिवकुमार शर्माविरुद्ध ४८ करोड ३६ लाख, परामर्शदाता कम्पनी  इप्टिसालाई ८७ करोड ५८ लाख र निर्माण कम्पनी सिएमसीलाई ६५ करोड १४ लाख बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij