सरस्वतीको मूर्ति सेलाउने विषयमा झडपपछि इशनाथ नगरपालिकामा कर्फ्यू आदेश जारी

सरस्वतीको मूर्ति सेलाउने विषयमा झडपपछि इशनाथ नगरपालिकामा कर्फ्यू आदेश जारी

शनिवार, फाल्गुण ५ २०८०
शनिवार, फाल्गुण ५ २०८०
  • सरस्वतीको मूर्ति सेलाउने विषयमा झडपपछि इशनाथ नगरपालिकामा कर्फ्यू आदेश जारी

    काठमाडौं । सरस्वतीको मूर्ति सेलाउने विषयमा झडपपछि ईशनाथ नगरपालिकामा कर्फ्यू जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई पक्षबिच झडप भएको हो । 

    मूर्ति लैजाने विषयमा विवाद सुरु भएपछि शुक्रबारदेखि नै एसपी महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा नेपाल प्रहरीसँगै ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। आज भएको दोहरो झडपमा कैयौँ मानिसलाई चोटपटक लागेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

    जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले साँझ ५ बजेदेखि लागु हुने गरी घिउरा गाउँका स्थानीय शुक्रबार सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको गाउँ छेउको पोखरीमा जाने क्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेका थिए। ट्याक्टरमा डिजे बाजा बजाएको कारण बाटो अवरुद्ध गरेको मुस्लिम पक्षको तर्क रहेको छ।

    पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको छ। शुक्रबार दिउँसो दुई बजेदेखि मूर्ति सेलाउन जाने हिन्दु समुदायका मानिसहरू बाटोमै मूर्ति राखेर धर्नामा बसेका थिए । सरस्वतीको मूर्ति सेलाउन एउटा बाटोबाट लैजान र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति विपरीत केही युवाहरूले ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको जनाइएको छ । 

    423686685.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij