काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । भारतबाट मूल्यसूची बढेर आएपछि निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.८३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १.५६ रुपैयाँले बढेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेसनले नयाँ मूल्य सूची बढेर आयपछि स्वचालित मूल्य प्रणाली अनुसार बढाएको बताएकाे छ ।
