काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रीहरुलाई सफाइ दिएको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गरेको हो ।
मन्त्रालयले गरेको नीतिगत निर्णयका आधार मात्र उनको कसूर नदेखिएको भन्दै अदालतले गच्छदारलाई सफाइ दिएको हो । सोही प्रकरणमा पूर्व भुमिसुधार मन्त्री डम्बर श्रेष्ठले पनि सफाइ पाएका छन् ।
त्यस्तै, तत्कालिन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालिन सचिव दिनेशहरि अधिकारीलाई सफाइ दिएको छ ।