राँगाले हानेर पोखरामा एक शिक्षकको मृत्यु

राँगाले हानेर पोखरामा एक शिक्षकको मृत्यु

बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • राँगाले हानेर पोखरामा एक शिक्षकको मृत्यु

    काठमाडौं । राँगाको आक्रमणमा परेर पोखरामा एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–३३ का ३७ वर्षिय धनञ्जय आचार्यको राँगाको आक्रमणबाट मृत्यु भएको हो। 

    उनी सुरौदीमा रहेको माइला दाजुको भैंसी फार्ममा पाले दिन गएका थिए। पोखरा–३३ मा रहेको जनचेतना माविका स्थायी शिक्षक उनी बिहान पोखराकै सिर्जना बोर्डिङ स्कुलमा पढाउँथे।

    स्कुल बिदामा दाजुलाई पाले दिन गएका उनलाई राँगाले आक्रमण गर्दा मृत्यु भएको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij