काठमाडौं । महोत्तरीमा एक युवतीको शव फेला परेको छ । बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वर मन्दिर नजिक बुधबार अन्दाजी २१/२२ वर्षीया युवतीको शव फेला परेको हो ।
बुधबार नै शव भेटिए पनि युवतीको पहिचान अझैसम्म नखुलेको प्रहरीले जनाएको छ । युवतीको सनाखतको प्रयास भइरहेको छ । शव र घटनास्थलको प्रकृतिले हत्या हुन सक्ने प्रहरीको अनुमान छ । युवतीको शवलाई पोष्टमार्टमका लागि बर्दिवास अस्पतालमा राखिएको छ ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।