सर्वोत्तम र सोनापुरसहित ४९ उद्योगको सूची सार्वजनिक गर्दै प्राधिकरणले भन्यो– कात्तिक ८ गतेभित्र बक्यौता बुझाउनू

सर्वोत्तम र सोनापुरसहित ४९ उद्योगको सूची सार्वजनिक गर्दै प्राधिकरणले भन्यो– कात्तिक ८ गतेभित्र बक्यौता बुझाउनू

बिहिवार, आश्विन २४ २०८१
बिहिवार, आश्विन २४ २०८१
  • सर्वोत्तम र सोनापुरसहित ४९ उद्योगको सूची सार्वजनिक गर्दै  प्राधिकरणले भन्यो– कात्तिक ८ गतेभित्र बक्यौता बुझाउनू

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ ।

    तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ । ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेलगत्तै प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गरेको हो ।

    यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो । तर केही उद्योगीहरुले बिजुली प्रयोग गरेबाफत्को बिल नदिएको भन्दै महसुल तिर्न मानेका थिएनन् ।

     सूचना प्रकाशन गरी बक्यौता महसुल नबुझाएका उद्योगहरुको नाम र उनीहरुले गणना सिट अनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकम समेत सार्वजनिक गरेर बक्यौता बुझाउन भनेको छ । आंशिक प्रिमियम रकम बुझाइसकेकाको हकमा भने रकम समायोजन गरिने प्राधिकरणले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij