दशैँ विदामा निगमका डिपोहरु आशिंक रुपमा खुल्ने, कुन कहिले खुल्छ ?

दशैँ विदामा निगमका डिपोहरु आशिंक रुपमा खुल्ने, कुन कहिले खुल्छ ?

बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • दशैँ विदामा निगमका डिपोहरु आशिंक रुपमा खुल्ने, कुन कहिले खुल्छ ?

    काठमाडौं ।  नेपाल आयल निगमका डिपोहरु दशैँ विदामा आशिंक रुपमा मात्रै खुल्ने भएका छन् । निगमले शुक्रबार सूचना जारी गर्दै देशका सातै प्रदेश अन्तर्गत १३ डिपोहरु खुल्ने दिन सार्वजनिक गरेको हो । 

    सूचनाअनुसार थानकोट र धनगढी डिपो तीन दिन खुल्नेछ । विराटनगर, अमलेखगञ्ज, पोखरा, सुर्खेत, धनुषा, वीरगञ्ज र चारआली डिपो २ दिन खुला हुनेछ । यसैगरी, दाङको इन्धन डिपो एक दिन र नेपालञ्ज र धनगढीको डिपो आवश्यकताअनुसार खुल्ने हुनेछ ।

    काठमाडौंमा थानकोटदेखि देशभरिका डिपो र कार्यालयबाट स्थानीय आवश्यकताका आधारमा पेट्रोलियम पदार्थ बिक्री वितरण निरन्तर हुने व्यवस्था मिलाइएको छ । विराटनगर डिपो २४ र २८ असोजमा खुला रहने छ ।

    अमलेखगञ्ज डिपो २४, २५ र २८ असोजमा खुला रहने भएको छ । थानकोट डिपो २४, २५ र २८ असोजमा खुला हुनेछ । सुर्खेत, भैरहवा र पोखरा डिपो २४ र २८ मा खुल्ने छन् ।

    त्यसैगरी धनगढी डिपो २४, २७ र २८ असोजमा खुल्ने भएका छन् । धनुषा डिपो २४ र २७, नेपालगञ्ज आवश्यकता अनुसार, दाङ २७ असोज, वीरगञ्ज २४ र २८, चारआली २४ र २८ तथा दिपायल शाखा आवश्यकता अनुसार खुला हुने निगमले जनाएको छ ।

    निगमले सम्बन्धित कार्यालयहरू बन्द भएको अवस्थामा पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सहजताको लागि प्रत्येक डिपोको सम्पर्क व्यक्तिसमेत तोकेको छ । ती व्यक्तिसँग सम्पर्क गरेर तोकिएको समयमा डिपोबाट पेट्रोलियम पदार्थ दिन सक्ने निगमले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij