५० हजार नक्कली नोटसहित १ जना पक्राउ

५० हजार नक्कली नोटसहित १ जना पक्राउ

बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • ५० हजार नक्कली नोटसहित १ जना पक्राउ

    काठमाडौं । ५० हजार नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका–७ बस्ने ३१ वर्षीय हजरूल खातुन रहेका छन् । 

    १ हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागूऔषध नाइट्रोजन १ सय ट्याब्लेटसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय देवानगंज सुनसरी र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij