मारवाडीको हटाएर गौशालाको धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड

मारवाडीको हटाएर गौशालाको धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड

बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • मारवाडीको हटाएर गौशालाको धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको छ । मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको हो ।

    महानगर प्रहरी, वडाध्यक्ष, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जबरजस्ती खाली गराउने प्रयास गरिरहेको छ । 

    महानगरपालिकाले आज पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो। महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार आज १० बजेसम्म गौशालाको धर्मशाला खाली गर्न मंगलबार नै माइकिङ भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij