एनटीसीको मोबाइल नेटवर्कमा समस्या

एनटीसीको मोबाइल नेटवर्कमा समस्या

बुधवार, आश्विन २३ २०८१
बुधवार, आश्विन २३ २०८१
  • एनटीसीको मोबाइल नेटवर्कमा समस्या

    काठमाडौं । नेपाल टेलिकम (एनटीसी) को जीएसएम मोबाइल नेटर्वकमा समस्या आएको छ । आज बिहान ११ बजेदेखि २० मिनेट देशभरको मोबाइल फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो ।

    टेलिकमको वाइड एरिया नेटवर्कमा समस्या देखिँदा केही समय फोन नलाग्ने अवस्था भएको बताइएको छ ।  उक्त एसटी–वान नेटवर्कमा समस्या देखिएको थियो । 

    सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिने गरेको छैन । गत १० असारमा पनि टेलिकमको टेलिफोन नेटवर्कमा समस्या आएको थियो । नेपाल टेलिकमको सेवामा पटक–पटक यस्तो समस्या आउने गरेको छ । यसले सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् ।

    टेलिकमको पुरानो बिलिङसहितका विभिन्न प्रणालीहरु चुस्त रुपमा मर्मत सम्भार र अद्यावधिक नगर्दा सेवा रोकिने समस्या दोहोरिँदै आएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij