वीरगन्जका मेयर सिंहमाथि स्थानीयद्वारा नै दुर्व्यवहार

वीरगन्जका मेयर सिंहमाथि स्थानीयद्वारा नै दुर्व्यवहार

सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • वीरगन्जका मेयर सिंहमाथि स्थानीयद्वारा नै दुर्व्यवहार

    काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि दुर्व्यवहार भएको छ ।  महानगरको अलौँ वडा नम्बर १७ मा सोमबार बिहान मेयर सिंहमाथि स्थानीयले दुर्व्यवहार गरेका हुन् ।

    महानगरको वडा नम्बर २६ स्थित खेतमा जमेको पानीको विषयलाई लिएर विवाद हुँदा मेयर सिंहमाथि आक्रमण भएको स्थानीयवासीले बताए ।

    एक स्थानीयका अनुसार असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी खेतमा भरिएको थियो । उनले भने, ‘जमेको पानी शनिवार वडा नम्बर १७ का वडा सदस्य आमोद यादवले खोल्नुभएको थियो, तर आइतबार अर्को पक्ष गएर फेरि बन्द गरेको थियो । त्यही जमेको पानी फेरि मेयर सिंहले खोल्दा विवाद भएको हो, त्यहिबेला उनीमाथि दुर्व्यवहार भएको हो ।’ 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij