बाढी पहिरोबाट हालसम्म २४६ जनाको मृत्यु

बाढी पहिरोबाट हालसम्म २४६ जनाको मृत्यु

सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • बाढी पहिरोबाट हालसम्म २४६ जनाको मृत्यु

    काठमाडौं । अघिल्लो हप्ताको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ४६ जना पुगेको छ । १८ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । त्यस्तै एक सय ७८ जना घाइते भएका छन् ।

    बाढी पहिरोमा परी पाँच वटा जिल्लामा धेरै जनाकाे ज्यान गएकाे छ । जसमध्ये काभ्रेमा सबैभन्दा धेरै ७८ ज्यान गएको छ । यस्तै ललितपुरमा ४६, धादिङमा ३९, काठमाडौंमा १९, सिन्धुपाल्चोकमा १० जनाकाे ज्यान गएकाे नेपाल प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij