दसैंका लागि दैनिक ५० हजार यात्रुले छाड्दैछन् काठमाडौं उपत्यका

दसैंका लागि दैनिक ५० हजार यात्रुले छाड्दैछन् काठमाडौं उपत्यका

सोमवार, आश्विन २१ २०८१
सोमवार, आश्विन २१ २०८१
  • दसैंका लागि दैनिक ५० हजार यात्रुले छाड्दैछन् काठमाडौं उपत्यका

    काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेकाे छ ।  दसैं सुरु भएसँगै पछिल्लो केही दिनयता दैनिक ५० हजार काठमाडौं उपत्यका बाहिरिने गरेका छन् । असोज १४ गतेदेखि २१ गते बिहान साढे ९ बजेसम्म ४ लाख ४६ हजार ९ सय ९ जनाले काठमाडौं उपत्यका छोडेका हुन् । 

    असोज १२ गते देशका विभिन्न जिल्लामा गएको बाढी पहिरोको कारण मुख्य राजमार्ग अवरुद्ध भएका थिए। काठमाडौंबाट बाहिरिने मुख्य राजमार्ग विपी राजमार्ग र त्रिभुवन राजपथ दुई दिन पूर्ण रुपमा बन्द भएको थियो । विपी राजमार्ग अझै सहज हुन सकेको छैन । कान्ति लाेकपथ खुलाउनकाे लागि पहिराे पन्छाउने कार्य जारी रहेकाे छ ।   

    घटस्थापनादेखि अन्य समयमा दैनिक ७० हजार मानिसले काठमाडौं छोड्ने गरेका थिए। तर, अहिले यो संख्या मुस्किलले ५० हजारसम्म मात्र पुगेको छ। दसैंको लागि स्कुल, कलेज बिदा भइसक्दा पनि राजमार्गको अवस्थाका कारण बाहिरिने यात्रुको संख्या पहिलाको दसैंको तुलनामा कम नै देखिन्छ।

    यो अवधिमा नागढुंगाबाट मात्र २ लाख ९० हजार यात्रु बाहिरिएका छन्। दसैंमा काठमाडौं उपत्यकाबाट १५ लाख भन्दा बढी मानिस बाहिरिने गरेका थिए। यस पटक भने यो संख्या घट्ने देखिएको छ।

    दसैँका लागि काठमाडौं उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij