काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
आइतबार प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।