५ दिनमा काठमाडौंबाट बाहिरिए ३ लाख ६४ हजारबढी

५ दिनमा काठमाडौंबाट बाहिरिए ३ लाख ६४ हजारबढी

आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • ५ दिनमा काठमाडौंबाट बाहिरिए ३ लाख ६४ हजारबढी

    काठमाडौं । पछिल्लो पाँच दिनमा तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छोडेका छन् । उनीहरू दसैं मनाउन गाउँ फर्केका हुन् ।

    गत साताको वर्षाले त्रिभुवन राजपथ लगायतमा खसेका पहिरो हटाइएको थियो । बाढीपहिरोले बिगारेका सडक मर्मत गरेसँगै काठमाडौंबाट बाहिरिनेको संख्या पनि बढेको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यका छाड्ने मानिसहरूको संख्या बढ्दो रहेको जनाएकाे छ । तर विगतका वर्षहरूमा भन्दा यसपालि कम मानिस उपत्यका छाडेको देखिएको ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ । गत वर्ष सोही अवधिमा ८/१० लाख जनाले उपत्यका छोडिसक्ने गरेका थिए । 

    यसवर्ष बाढीपहिरोले जताजतै सडक अवरोध भइरहने र वर्षा हुने भनिएकाले उपत्यका बाहिरिनेको संख्या कम छ । केही दिनमा उपत्यका छाड्नेको संख्या थप बढ्नेछ ।

    अझैपनि कतिपय सडक पहिरोलगायतले अवरूद्ध छ । सुख्खा पहिरो खसेका छन् । पानी पर्ने सम्भावनाका पूर्वानुमान भइरहेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij