नेपालबाट मनसुन बाहिरिन थाल्यो, अब ठूलो र लगातार वर्षा नहुने

नेपालबाट मनसुन बाहिरिन थाल्यो, अब ठूलो र लगातार वर्षा नहुने

आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • नेपालबाट मनसुन बाहिरिन थाल्यो, अब ठूलो र लगातार वर्षा नहुने

    काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको जानकारी दिएको छ ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशका केही ठाउँबाट मनसुन बाहिरिसकेको महाशाखाले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले अब नेपालका अरू ठाउँबाट पनि मनसुन बिस्तारै बाहिरिने महाशाखाको भनाइ छ ।

    मनसुनी वायु कमजोर बनेसँगै ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

    सामान्यतया नेपालमा मनसुन जुन १३ मा भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिनेमा ५ दिन अघिपछि हुने गरेको छ । यसपटक तीन दिनअघि अर्थात् जुन १० तारिखमा भित्रिएको मनसुन चार दिन ढिलो गरी बाहिरिन थालेको हो ।

    मौसमविद् प्रतिभा मानन्धरले ८/१० दिन ढिलो गरेर मनसुन बाहिरिनु स्वाभाविक रहेको बताएकी छिन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij