माइक्रोबसले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

माइक्रोबसले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • माइक्रोबसले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

    काठमाडौं । पश्चिम नवलपरासीमा माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । घटनामा अर्का युवक गम्भीर घाइते भएका छन् । 

    गएराति करिब साढे सात बजे पूर्वपश्चिम राजमार्गस्थित सुनवल नगरपालिका ७ ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोबसले सोही दिशातर्फ गुडिरहेको लु ७९ प ९१४० नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ दस नम्बर टोल निवासी ३० वर्षीय ऋषि लम्तरीको मृत्यु भएको हो । 

    उनको उपचारको क्रममा गएराति नै भलुही मेडिकल कलेज रुपन्देहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएकाे छ ।

    लम्तरीको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । 

    सोही मोटरसाइकलको पछाडी सवार रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ दस नम्बर टोल निवासी २९ वर्षीय विवेक गुरुङ गम्भीर घाइते भएका छन् । उनको भलुही मेडिकल कलेज रुपन्देहीमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । 

    दुर्घटनापछि प्रहरीले माइक्रोबस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij