बर्दघाटमा बन्दैछ १२ करोड लागतमा ट्रमा सेन्टर

बर्दघाटमा बन्दैछ १२ करोड लागतमा ट्रमा सेन्टर

शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१
  • बर्दघाटमा बन्दैछ १२ करोड लागतमा ट्रमा सेन्टर

    नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौं बाहिर पहिलो  ट्रमा सेन्टरको निमार्ण सुरु गरिएको छ । बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब १२ करोड रुपैयाँ लागतमा निर्माण हुने ट्रमा सेन्टरको निमार्ण कार्य सुरु भएको हो । 

    नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नयाँ आयम ल्याएको बताउनुभयो ।  ट्रमा सेन्टर निर्माण पश्चात  जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ । 

    डेढ वर्षमा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पुस २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ । बर्दघाट ट्रमा सेन्टरको निमार्ण सम्पन्न भएपश्चात यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij