आज यी नदीहरूको बहाव बढ्न सक्ने, सतर्क रहन आग्रह

आज यी नदीहरूको बहाव बढ्न सक्ने, सतर्क रहन आग्रह

शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१
  • आज यी नदीहरूको बहाव बढ्न सक्ने, सतर्क रहन आग्रह

    काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल  आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    बाढी पूर्वानुमान महाशाखा आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको छ।

    आज झापा, ओखलढुङ्गा, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, कास्की, बाग्लुङ, रोल्पा, दाङ, बाँके र आसपासका जिल्ला भई बहने केही स(साना नदीहरूको बहाव बढ्ने पूर्वानुमान छ ।

    आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाइराख्न महाशाखाको अनुरोध छ।

    GZF18vQWsAABPPo

    GZF18vMXEAAzd-D

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij