डेङ्गुका १४ हजारभन्दा बढी बिरामी, उपत्यकामै दुई हजारभन्दा बढी

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी, उपत्यकामै दुई हजारभन्दा बढी

शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१
  • डेङ्गुका १४ हजारभन्दा बढी बिरामी, उपत्यकामै दुई हजारभन्दा बढी

    काठमाडौं । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार ९ सय ७५ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । 

    केही दिन अघि पानी परेका कारणले डेङ्गु सङ्क्रमण बढेको बताउनुभयो । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ । 

    गण्डकी प्रदेशमा सबैभन्दा बढी

    डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा ६ हजार ९ सय २० देखिएको छ । 

    कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई सय ८६, बागमतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । 

    उपत्यकामा दुई हजारभन्दा बढी

    उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेङ्गु सङ्क्रमण  देखिएको छ । काठमाडौँ जिल्लामा एक हजार नौ सय ८६ भक्तपुर दुई सय २३ र ललितपुर चार सय ८९ जनामा  डेङ्गी सङ्क्रमण देखिएको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij