आन्तरिक हवाइयात्रामा अत्यधिक चाप, एकैदिन ५५९ उडान

आन्तरिक हवाइयात्रामा अत्यधिक चाप, एकैदिन ५५९ उडान

शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • आन्तरिक हवाइयात्रामा अत्यधिक चाप, एकैदिन ५५९ उडान

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमवार एकैदिन पाँच सय ५९ हवाइ उडान भए। ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरे।

    आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुवै यो उडान र यात्रु सङ्ख्या सम्भवतः हालसम्मकै बढी भएको विमानस्थलले जनाएको छ । असोज १५ गते बिहीवार हेलिकप्टरसहित पाँच सय ११ उडान भए । बुधवार आन्तरिकतर्फ हेलिकप्टरसहित एक सय ८२ उडान र एक सय ८२ वटा अवतरण भएका थिए । 

    साथै अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । यसबाट १५ हजार नौ सय ६२ यात्रुले सेवा लिएका थिए । कार्यालयका अनुसार गत सोमवार कूल पाँच सय ९९, मङ्गलवार पाँच सय ११ र बुधवार चार सय ७३ वटा उडान भएका छन् । बिहीवार र शुक्रवार केही उडान चाप घटेको छ ।

    दैनिक सरदर आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी चार सय हाराहारी उडान हुने गरेकामा अहिले एक सयदेखि एक सय ५० सम्म थप उडान व्यवस्थापन गर्नु परिरहेको विमानस्थलले जनाएको छ ।

    यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चालन अवरुद्ध भएपछि विकल्पको रुपमा रहेको हवाई उडानमा अध्याधिक चाप बढेको हो ।

    उडान चाप ह्वात्तै बढेपछि केही एयरलाइन्सले उडान सङ्ख्या पनि थपेका छन् । अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडानमा चाप हुँदा विमानस्थलको टर्मिनलमा भीडभाड बढेको छ भने एयरलाइन्सलाई उडान व्यवस्थापनमा हम्मे हम्मे परिरहेको छ ।

    विमानको उडान सङ्ख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक चाप बढेको छ । आन्तरिकमा धेरै उडान एकदेखि दुई घण्टासम्म ढिला हुने गरेका छन् । ​अन्तरराष्ट्रियतर्फ एकघण्टा भन्दा बढी समयसम्म विमान होल्डमा बसेर अवतरण गर्नुपरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij