फिल्मका अंश सामाजिक सञ्जालमा अपलोड गरे कारबाही गर्ने चलचित्र विकास बोर्डको चेतावनी

फिल्मका अंश सामाजिक सञ्जालमा अपलोड गरे कारबाही गर्ने चलचित्र विकास बोर्डको चेतावनी

शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • फिल्मका अंश सामाजिक सञ्जालमा अपलोड गरे कारबाही गर्ने चलचित्र विकास बोर्डको चेतावनी

    काठमाडौं । चलचित्र विकास बोर्डले फिल्मका अंश सामाजिक सञ्जालमा अपलोड गरे कारबाही गर्ने चेतावनी दिएकाे छ । बोर्डले एउटा सूचना जारी गरि कारबाहीकाे चेतावनी दिएकाे हाे । 

    यसरी फिल्मको मुख्य अंशहरु अनाधिकृत दुरुपयोगबाट फिल्म निर्माताहरुको लगानी तथा सम्पूर्ण मेहनत डुब्न जाने अवस्था रहेकाले वोर्ड यस प्रति गम्भिर हुनुपरेकाे सूचनामा जनाइएकाे छ । 

    अर्काको सिर्जना र सम्पतिको गैर कानूनी रुपमा विभिन्न डिजिटल माध्यमहरुमा अपलोड गर्नु कानुनी रुपमा दण्डनीय अपराध भएको बार्डले सूचनामा उल्लेख गरेकाे छ । यदि कसैले उक्त कार्य गरेको पाइएका प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ अनुसार त्यस्ता कामका लागि प्रयोग गरिएका उपकरण जफत गरिनुका साथै पाइरेसी गर्ने व्यक्तिलाई दण्ड,जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नु पर्ने चलचित्र बोर्डले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij