ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएपछि विराटनगर तनावग्रस्त

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएपछि विराटनगर तनावग्रस्त

शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएपछि विराटनगर तनावग्रस्त

    काठमाडौं । मोरङमा बिहीबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । विराटनगर उपमहानगरपालिका वडा नं १८ आइसीपी रोडमा ना४ख २४८३ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री लवाघाटका ६० वर्षीय श्याम साहको ज्यान गएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका शाहको बिराट नर्सिङ होममा चिकित्सकले चेकजाँच गर्ने क्रममा साँझ ७ः३० बजे मृत घोषणा गरेका थिए ।

    सवार एक जनाको मृत्यु भएपछि विराटनगर-१८ आइसीपी रोडमा तनाव सिर्जना भएको छ । सवारी चलाउने चालकलाई कारवाही र परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै मृतकका आफन्तले आन्दोलन सुरु गरेका हुन् ।

    ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका ५ का ३० वर्षीय दीपक यादवलाई नियन्त्रणमा लिएको छ ।

    यसैबीच मृतक शाहका आफन्तजन र स्थानीय आन्दोलित भएका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति र चालकलाई कार्वाहीको माग गर्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

    आन्दोलनले सवारी आवागमनमा अवरोध भएको छ । आन्दोनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेकाे छ । भिड नियन्त्रण गर्न प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij