विपी राजमार्गबाहेकका अन्य सडक ३ दिनभित्रै पूर्ण सञ्चालनमा ल्याइने

विपी राजमार्गबाहेकका अन्य सडक ३ दिनभित्रै पूर्ण सञ्चालनमा ल्याइने

शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • विपी राजमार्गबाहेकका अन्य सडक ३ दिनभित्रै पूर्ण सञ्चालनमा ल्याइने

    काठमाडौं । १२ किलोमिटर भत्किएको वीपी राजमार्गबाहेक तीन दिनभित्र सबै सडक पूर्ण (दुईतर्फी) सञ्चालनमा आउने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा शुक्रबार भौतिक निर्माण र यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले यस्तो बताएका हुन् । 

    सोज ११ र १२ गतेको भीषण वर्षाबाट बाढी पहिरोले क्षतिग्रस्त बनाएका राजमार्गहरू सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए । 

    सचिव शर्माले बाढी पहिरोबाट ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८०५ स्थानमा पहिरो गएको र ७७४ स्थानको पहिरो हटाइएको जानकारी गराए ।

    वीपी राजमार्गबाट काभ्रेका विभिन्न स्थान, सिन्धुली, रामेछापलगायत पूर्वी नेपालका गन्तब्य जान सहज हुने गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij