पहिरोले मध्यपहाडी लोकमार्ग पुनः अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग पुनः अवरुद्ध

शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • पहिरोले मध्यपहाडी लोकमार्ग पुनः अवरुद्ध

    काठमाडौं । वर्षाका कारण गएराति गएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाामा दुई ठाउँ र ३ च्यास्मिटारमा एक ठाउँ गएको पहिरोले अवरुद्ध भएको हो ।

    हलेसी तुवाचुङ नगरपालिकाका अनुसार बाहुनीडाँडाको गोरुमारेमुनि र डौँठेखोला माथि पहिरोले सडक अवरुद्ध भएको छ । त्यस्तै च्यास्मिटारको जोरसिमल नजिक बयक्तमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

    ‘दुवै ठाउँमा राति ११ बजे पहिरो गएपछि सडक अवरुद्ध भएको छ र खुलाउनका लागि नगरपालिकाले दुईतिरबाट गरी दुई वटा डोजर पठाएको छ । पुगेपछि खुलाउने काम सुरु हुने नगरपालिकाले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij