श्री एयरलाइन्सले भोलिबाट काठमाडौं– भरतपुर उडान भर्ने

श्री एयरलाइन्सले भोलिबाट काठमाडौं– भरतपुर उडान भर्ने

बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • श्री एयरलाइन्सले भोलिबाट काठमाडौं– भरतपुर उडान भर्ने

    चितवन । श्री एयरलाइन्सले भोलिदेखि काठमाडौंं–भरतपुर–काठमाडौं रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००–८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ । 

    “शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ”, कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भने, “नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ ।” 

    धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ । 

    उनका अनुसार एकतर्फी भाडा ४ हजार ५ सय रुपैयाँ राखिएको छ । अहिले भरतपुर–काठमाडौं–भरतपुर रुटमा बुद्ध एयरले एटिआर–४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij