दशैंमा मनकामना केबलकार दुई दिन बन्द हुने

दशैंमा मनकामना केबलकार दुई दिन बन्द हुने

बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • दशैंमा मनकामना केबलकार दुई दिन बन्द हुने

    काठमाडौं । मनकामना केबलकार सेवा  यो दशैंमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । 

    कम्पनीका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij