अविरल वर्षापछि आएको बाढी र डुबानले ५७ वटा स्वास्थ्य संस्थामा क्षति

अविरल वर्षापछि आएको बाढी र डुबानले ५७ वटा स्वास्थ्य संस्थामा क्षति

बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • अविरल वर्षापछि आएको बाढी र डुबानले ५७ वटा स्वास्थ्य संस्थामा क्षति

    काठमाडौं । बाढीपहिरो तथा डुबानबाट ५७ वटा स्वास्थ्य संस्थामा क्षति भएको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण निम्तिएको विपद्का कारण काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, ललितपुर, भक्तपुर‚ पर्सा, चितवन जिल्लामा रहेका स्थानीय ५७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

    तराईका जिल्लामा केही स्वास्थ्य संस्था सेवा दिनै नसक्ने गरी डुबानमा परेका र दोलखा, ललितपुर लगायतका केही पहाडी जिल्लामा पनि बाढीपहिरोले गर्दा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।

    बाढी र डुबानमा परेका घाइतेहरूको  काठमाडौंको ट्रमा सेन्टर लगायतका स्वास्थ्य संस्थामा निःशुल्क उपचार भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij