काठमाडौं । काभ्रेकाे भकुण्डेबेसीमा ५ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । बिहीबारदेखिको निरन्तर वर्षाका कारण शुक्रबारदेखि अवरुद्ध भएको विजुली अझैपनि बनेको छैन ।
वर्षाका कारण विपी राजमार्गको अधिकांश भागमा पहिरो गएको छ । पहिरोले विजुलीको पोल नै भाँचेर लैजानाले विद्युत् आपूर्ति अझै हुन सकेको छैन । मानिसहरु ५ दिनदेखि पुरै नै अन्धकारमा बस्न बाध्य भएका छन् ।
विजुली नहुँदा विद्युतीय उपकरण चलाउन नमिल्दा पानीको समेत अभाव हुन थालेको छ ।