काठमाडौं । गत शुक्रबार र शनिबार परेको वर्षा तथा पहिरोले सडक सञ्जालमा क्षति पराएपछि आन्तरिक उडानका जहाजमा चाप अत्यधिक बढेको छ । तर, यो चाप एकतर्फी भएको देखिन्छ । बुद्ध एयरले बिहीबार भद्रपुर–काठमाडौं रुटको जहाज रित्तै काठमाडौं फर्काउनु परेको छ ।
भद्रपुरदेखि काठमाडौं उडानको भाडादर ५ हजार रूपैयाँ रहेको छ। तथापि बुद्ध एयरको भद्रपुर–काठमाडौं दुई उडानमध्ये एक उडान खाली तथा अर्को उडानमा जम्मा १० जना यात्रु काठमाडौं आएका छन्।
यात्रुको सहजताका लागि आज (बिहीबार)देखि बुद्ध एयरले झापाको भद्रपुरमा दुई उडान थपेको छ। यससँगै काठमाडौं – भद्रपुर रुटमा बुद्धको दैनिक सात उडान पुगेको छ ।
यद्यपी काठमाडौं आउने यात्रु नभएको जनाइएको छ । जहाज रित्तै हुँदा र एकतर्फी यात्रुको लागि तुलनात्मक रुपमा दुइतर्फी यात्रु हुने समयको तुलनामा टिकट महंगो हुने गरेको छ । जहाज रित्तै आउनुपरे पनि उक्त गन्तव्यमा उडान भने नियमित भइरहेको बुध्द एयरको भनाइ छ ।
गत वर्षको जाडो मौसममा भद्रपुरमा खासै हुस्सु कुहिरो नलागेको तथ्य रहेको छ । जनकपुरको हुस्सु कुहिरो पनि चाँडै हट्ने हुँदा यी दुई स्थानमा उडान थपिएको बुध्द एयरले जनाएको छ ।