११ सडक पुर्ण अवरुद्ध, ७ वटा एकतर्फी

११ सडक पुर्ण अवरुद्ध, ७ वटा एकतर्फी

बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • ११ सडक पुर्ण अवरुद्ध, ७ वटा एकतर्फी

    काठमाडौं । गत शुक्रबार र शनिबार लगातारको वर्षापछि अवरुद्ध भएका केही सडकहरू अझै सुचारु हुन सकेका छैनन् । पहिरोले अवरुद्ध धेरै सडक खुलाइएका छन् । तर अझै पनि केही सडक खुल्न सकेको छैन । जसका कारण दशैं मनाउनका लागि काठमाडौं उपत्यका बाहिरिने सवारी साधनको चाप बढेको छ ।

    काठमाडौँ उपत्यकालाई देशका विभिन्न ठाउँसँग जोड्ने मुख्य सडक नागढुङ्गा–नारायणगढ सडक दुईतर्फी नै खुलाइएको छ । 

    विभिन्न स्थानमा खसेको पहिरोको कारण वीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।

    यस्तै, ११ सडक पुर्ण रुपमा बन्द रहेका छन् भने  ६ वटा सडक एकतर्फी रुपमा सञ्चालनमा छन् । वीपी राजमार्ग, फर्पिङ र कान्ती लोकपथ हुँदै काठमाडौ उपत्यका भित्रिने र बाहिरिने गाडी अझै चल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

    काभ्रेपलाञ्चोकको विभिन्न स्थानहरुमा रोशी खोलाले सडक कटान गरेका कारण वीपी राजमार्ग केही दिन अगाडीबाट पूर्ण रुपमा अवरुद्ध भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । 

    रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीको पुल र खाडादेवी गाउँपालिका १ स्थित खैरेनी पुल बगाउँदा खुर्कोट–मन्थली तथा सिन्धुली, नेपालथोक–मन्थली चल्ने सवारी साधनको आवागमन पनि पूर्ण रुपमै रोकिएको छ ।

    सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ । मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाउँदा आवत–जावत रोकिएको छ ।

    46192883.jpg
     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij