काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै हवाई भाडादर पनि घटेको छ। नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको भाडा घटेसँगै हवाई भाडादर समायोजन गरेको हो।
आयल निगमले हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो । नयाँ हवाई भाडादर आजदेखि लागू हुने भएको छ । समायोजित मूल्यअनुसार काठमाडौं–धनगढीको हवाई भाडादर २ सय ६५ रुपैयाँले घटेको छ।
यसैगरी नेपालगन्ज–भद्रपुरको भाडादर ३ सय ५० रुपैयाँ र सिमरा–धनगढीको ३ सय ५ रुपैयाँले घटेको छ ।
सबैभन्दा कम काठमाडौं–भरतपुर, पोखरा–भरतपुर र विराटनगर–तुम्लिङटारको भाडादर ६५ रुपैयाँले घटेको छ । बाढीपहिरो र चाडपर्वका कारण हवाई यात्रुको चाप बढेपछि यात्रुलाई सहुलियत दिन सरकारले हवाई इन्धनको मूल्य घटाएको हो ।
अब कुन रुटको कति ?