दशैंलाई लक्षित गर्दै आजदेखि आन्तरिक उडान बिहान ४ः३० देखि मध्यरातसम्म

दशैंलाई लक्षित गर्दै आजदेखि आन्तरिक उडान बिहान ४ः३० देखि मध्यरातसम्म

बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • दशैंलाई लक्षित गर्दै आजदेखि आन्तरिक उडान बिहान ४ः३० देखि मध्यरातसम्म

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने जनाएको छ ।

    हवाई यात्रुको चाप बढेपछि असोज १७ घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान ४:३० देखि राति १२ बजेसम्म विमानस्थल सञ्चालन हुने भएका हुन् ।

    प्राधिकरणले आवश्यकताअनुसार उडान समय थप हुन सक्ने पनि जनाएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, पोखरा, नेपालगन्ज लगायतका विमानस्थलमा बिहान ६ देखि राति १० बजेसम्म उडान हुँदै आएको छ ।

    अविरल वर्षापछिको बाढी पहिरोले हवाई सेवामा यात्रुको चाप रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij