बाढी पहिरोबाट हालसम्म २४२ जनाको मृत्यु, १३ हजार जनाको उद्धार

बाढी पहिरोबाट हालसम्म २४२ जनाको मृत्यु, १३ हजार जनाको उद्धार

बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • बाढी पहिरोबाट हालसम्म २४२ जनाको मृत्यु, १३ हजार जनाको उद्धार

    काठमाडौं । बाढी र पहिरोमा परेर देशभर दुई सय ४२ जनाको मृत्यु भएको छ ।  पछिल्लो तथ्यांकअनुसार बाढी र पहिरोमा परेर २ सय ४२ जनाको मृत्यु भएको छ भने  २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।

    हालसम्म विपदबाट कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको जनाइएको छ ।  बाढी पहिरोबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । 

    विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij