काठमाडौं । पर्सामा आएको बाढीले नेपाल–भारत सिमानाबाट एउटा पिलर हराएको छ । जिल्लामा तीन दिन अगाडि आएको बाढीले नेपाल–भारतको सिमानामा पर्ने एउटा पिलर हराएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
जिल्लाको जिराभवानी गाउँपालिकास्थित ओरिया खोलामा आएको बाढीले नेपाल–भारतको महादेवपट्टिबाट पिलर हराएको पर्सा प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार जिल्लामा आएको बाढीले सीमा स्तम्भबाट एउटा पिलर हराएको हो । प्रहरीका अनुसार नेपाल–भारत सिमानामा रहेको ४२६/२६ नम्बरको पिलर हराएको हो ।
बाढीले ३०/४० फिट जमिन कटान गरी पिलर बगाएको प्रहरीले जनाएको छ । हराएको पिलरको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।