हेटौंडा–काठमाडौं जोड्ने छोटो बाटो दुई दिनमै सञ्चालनमा आउने

हेटौंडा–काठमाडौं जोड्ने छोटो बाटो दुई दिनमै सञ्चालनमा आउने

बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • हेटौंडा–काठमाडौं जोड्ने छोटो बाटो दुई दिनमै सञ्चालनमा आउने

    काठमाडौं । हेटौंडा–काठमाडौं छोटो दूरीको वैकल्पिक मार्ग भीमफेदी-कुलेखानी-फाखेल सडक दुई दिनभित्रमा सञ्चालनमा आउने भएको छ ।

    असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण छोटो दूरीका भीमफेदी-कुलेखानी-फाखेल र भीमफेदी-कुलेखानी-सिस्नेरी सडक मार्गको विभिन्न स्थानमा गएको पहिरो र सडक तथा पुल क्षेत्रमा भएको कटानका कारण अवरुद्ध रहेको छ ।

    अहिले भीमफेदी-कुलेखानी-फाखेल सडक सञ्चालनका लागि प्रदेश सरकार र स्थानीय प्रशासन युद्ध स्तरमा जुटेका छन् । भीमफेदी–फाखेल सडक खण्डको कुलेखानी डयाममुनि रहेको पुलको दुवैतर्फको पहुँच मार्ग क्षतिग्रस्त बनेको छ । उक्त पुलको पहुँचमार्गमा एकातिर करिब १५ मिटर र अर्कोतर्फ १० मिटर बगाएको छ भने करिब १५ मिटर गहिरो बनाएको छ ।

    उक्त पहुँच मार्गलाई मर्मत गरी सञ्चालनमा ल्यान बुधबार बिहानदेखि नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको जनशक्ति परिचालन गरिएको छ । यातायात पूर्वाधार निर्देशनालयको स्रोत र साधनको प्रयोग गरी तीव्र रूपमा मर्मत कार्य अगाडि बढाइएको छ ।

    बिहीबार बेलुकासम्ममा उक्त भीमफेदी-कुलेखानी-फाखेल-हुमानेसम्मको सडक सञ्चालनमा ल्याउने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएकाे छ । 

    हुमाने सडक खण्डको महालक्ष्मी पुल क्षेत्रमा भएको क्षतिग्रस्त सडकको मर्मत कार्य भइरहेको र उक्त कार्य पनि बिहीबार बेलुकासम्ममा सकिने जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij