माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

    काठमाडौं । माटोको ढिस्कोमा पुरिएर ताँजाकोट गाउँपालिकाको रोजगार शाखाका प्राविधिकसहित दुई जनाको मृत्यु भएको छ ।

    दसैँका लागि सरसफाई गर्न बुधबार बिहान घर लिपपोत गर्नका लागि माटो खन्ने क्रममा ढिस्को खस्दा त्यसमा पुरिएर दुई जनाको मृत्यु भएको हो ।

    माथिबाट माटोको ढिस्को खस्दा एक जना घाइते भएका छन् । ताँजाकोट गाउँपालिका– ३ को राम गाउँमा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका रोजगार शाखाका २४ वर्षका प्राबिधिक धुर्ब शाही र सोही वडाकी करिव २४ वर्षीया मनसरा मल्ल रहेका छन् । 

    त्यसैगरि माटोको ढिस्कोमै पुरिएर सो वडा का वर्ष २६ का लालबहादुर शाही घाइते भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij