राजमार्ग अवरोध जारी : लेले, सिस्नेरी पूर्ण रुपमा बन्द, कुन सडकको अवस्था कस्तो छ ?

राजमार्ग अवरोध जारी : लेले, सिस्नेरी पूर्ण रुपमा बन्द, कुन सडकको अवस्था कस्तो छ ?

बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • राजमार्ग अवरोध जारी : लेले, सिस्नेरी पूर्ण रुपमा बन्द, कुन सडकको अवस्था कस्तो छ ?

    काठमाडौं । बाढीपहिरोले अवरुद्ध भएका धेरै सडक खण्ड सञ्चालनमा आए पनि अझै केही सडक सञ्चालनमा आउन सकेका छैनन् । काठमाडौं उपत्यकालाई देशका विभिन्न ठाउँसँग जोड्ने मुख्य सडक नौबिसे–नारायणगढ खुलेको छ । यो खण्डका ठाउँठाउँमा खसेको पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।

    वीपी राजमार्गको भकुन्डेबेसी–नेपालथोक सडक खण्ड खुलेको छैन । यो खण्डको विभिन्न ठाउँमा करिब दुई किलोमिटर सडक भत्किएको छ । बर्दिबास–नेपालथोक खण्डमा भने यातायात खुलेको छ । धुलिखेलबाट–भकुन्डेबेसीतर्फ २१ किलोमिटर सडक खुलेको छ । भकुन्डेबेसी–नेपालथोक खण्डमा भने सडक खुल्न केही समय लाग्ने सडक विभागले जनाएको छ ।

    यस्तै कान्ति लोकपथ अन्तर्गत हेटौँडा–काठमाडौं सडक खुल्न पनि समय लाग्ने भएको छ । दक्षिणकाली–सिस्नेरी, कुलेखानी–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध छ । धनकुटाको राँके भेडेटार सडक पनि खुलेको छैन । मध्यपहाडी लोकमार्ग सुनामवेशी, अकरेभिर, बाह्रबीसे–तातोपानी, रामेछाप–सिन्धुली–खुर्कोट अवरुद्ध रहेका प्रहरीले जनाएको छ ।

    सरकारले पहिरोबाट अवरुद्ध सडक खोल्ने, बेलिब्रिज जडान गर्ने, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सन जस्ता वैकल्पिक माध्यमबाट सडक सञ्चालनमा ल्याउनेगरी काम भइरहेको जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij