अझै पनि यात्रामा सावधानी अपनाउन विपद्‌ प्राधिकरण आग्रह

अझै पनि यात्रामा सावधानी अपनाउन विपद्‌ प्राधिकरण आग्रह

बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • अझै पनि यात्रामा सावधानी अपनाउन विपद्‌ प्राधिकरण आग्रह

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले प्राधिकरणले सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो ।

    ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणले सूचनामा भनेको छ ।

    प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij