नेपाल र बंगलादेशका सहसचिवस्तरीय बैठक : ऊर्जा व्यापारका सम्बन्धमा छलफल

नेपाल र बंगलादेशका सहसचिवस्तरीय बैठक : ऊर्जा व्यापारका सम्बन्धमा छलफल

बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • नेपाल र बंगलादेशका सहसचिवस्तरीय बैठक : ऊर्जा व्यापारका सम्बन्धमा छलफल

    काठमाडौं । नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापारका सम्बन्धमा छलफल गर्न दुई देशबीचका सहसचिवस्तरीय बैठक सम्पन्न भएको छ ।

    नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार र विद्युत्सँग सम्बन्धित  विषयमा छलफल गर्नका लागि सन् २०१८ मा स्थापना भएको संयुक्त कार्यदलको संयन्त्रको छैटौँ बैठक मंगलबार काठमाडौँमा सम्पन्न भएको हो ।

    बैठकमा यही असोज १७ गते नेपाल–भारत–बंगलादेशबीच हुन लागेको त्रिपक्षीय ऊर्जा सम्झौता, नेपाल र बंगलादेशबीचको ऊर्जा विकासका सम्भावनाका विविध विषयमा छलफल भएको कार्यदलका संयोजक एवं ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चीरञ्जीवी चटौतले जानकारी दिए । 

    नेपाल र बंगलादेशका सहसचिवले नेतृत्व गर्ने संयुक्त कार्यदल (जेडब्लुजी) ले गरेको निर्णयबारेमा बुधबार सचिवले नेतृत्व गर्ने संयुक्त निर्देशक समिति (जेएससी)को बैठकमा पेस गरिनेछ ।

    नेपाल, भारत र बंगलादेशबीच यही असोज १७ गते त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । बंगलादेशले पहिलोपटक भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो देश लैजान लागेको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij