काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशविरुद्ध उजुरी आह्वान भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको हो ।
उनीहरूविरुद्ध १० दिनभित्र सूचना वा उजुरी दर्ता गराइसक्नुपर्ने सूचनामा उल्लेख छ । उजुरी दिने व्यक्तिले नाम, थर, ठेगाना र फोन नम्बर उल्लेख गर्नुपर्नेछ । चाहेको खण्डमा समितिले परिचय गोप्य राख्नेछ ।
निरौला र पाण्डेय गएको शुक्रवार न्याय परिषद्बाट सर्वोच्चको न्यायाधीशका लागि सिफारिश भएका थिए ।