अबरुद्ध राजमार्गहरु तत्काल खोल्न सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

अबरुद्ध राजमार्गहरु तत्काल खोल्न सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • अबरुद्ध राजमार्गहरु तत्काल खोल्न सरकारलाई राज्यव्यवस्था समितिको निर्देशन

    काठमाडौं । संसद्को राज्यव्यवस्था समितिले मंगलबार अवरुद्ध राजमार्गहरु तत्काल खोल्न सरकारलाई निर्देशन दिएको छ ।

    बिहीबार रातिदेखि परेको पानीका कारण देशका महत्त्वपूर्ण राजमार्गहरु अबरुद्ध भएकामा केही खुलेका छन् भने सडक नै भत्किएका बिपी राजमार्गलगायत केही सडक तत्काल सञ्चालनमा आउने सम्भावना कम छ ।

    राज्य व्यवस्था समितिले बाटोमा अलपत्र यात्रुहरुलाई तत्काल गन्तव्यमा पुर्‍याउन पनि सरकारलाई निर्देशन दिएको छ ।

    त्यस्तै समितिले मूल्यबृद्धि रोक्न पनि सरकारलाई निर्देशन दिएको छ ।

    बजार अनुगमन गरी मूल्यबृद्धि हुन नदिन समितिले सरकारलाई निर्देशन दिएको हो ।

    बाढीपहिरो र त्यसबाट सिर्जित अन्य विपत्तिका कारण नेपालका विभिन्न स्थानमा शनिबारदेखि जनजीवन अस्तव्यस्त भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij