सडक पूर्णरुपमा सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले अधिकतम भाडा नलिने

सडक पूर्णरुपमा सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले अधिकतम भाडा नलिने

मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • सडक पूर्णरुपमा सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले अधिकतम भाडा नलिने

    काठमाडौं । सडक पूर्णरुपमा सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीलेहरूले अधिकतम भाडा नलिने भएका छन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री  बद्री पाण्डेको विशेष पहलपछि सडक सञ्जााल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम् हवाई भाडा नलिन बायुसेवा कम्पनीहरू सहमत भएका हुन् । 

    वायु सेवा सञ्चालक समितिले सडक सञ्चालनमा नआएसम्म मंहगो भाडादरमा टिकट बिक्री नगर्ने भएका हुन् । यसअघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट बिक्री गर्न सहमत भएका हवाई कम्पनीहरूले अहिले सडक यातायात पूर्णरुपमा सञ्चालन नभएसम्म कम भाडादरमै टिकट बिक्री गर्ने भएका हुन् ।

    वायु सेवा सञ्चालक समितिले प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरोपछि सडक सञ्जाल समेत सञ्चालनमा नआउँदासम्म सरकारले तोके बमोजिम लिँदै आएको उच्चतम् भाडादरमा हवाई टिकट नबेच्न निर्देशन दिइएको हो । यसअघि गत असोज १३ गते मन्त्री पाण्डेको निर्देशनमा वायु सेवा कम्पनीहरू हवाई भाडा घटाउन सहमत भएका थिए । 

    अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिकांश सडक सञ्जाल र राजमार्गहरू अवरोध भएका छन् । बाढी-पहिरो र डुबानले गर्दा देभभरको जनजीवन प्रभावित बनेको छ । केही जिल्लाहरूमा मानवीय क्षति भएको छ । सडक पुलपुलेसा पनि भत्किएका छन् ।

    वर्षाका कारण विभिन्न स्थानमा बाढी-पहिरोमा परी हालसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ बेपत्ता छन्। १४३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बाढी पहिरोमा फसेका ४ हजार ३३१ जनाको उद्दार गरिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij