मकवानपुरस्थित बागमती किनारमा भेटिए ३ वटा शव, काठमाडौंबाट बगाएर लगेको आशंका

मकवानपुरस्थित बागमती किनारमा भेटिए ३ वटा शव, काठमाडौंबाट बगाएर लगेको आशंका

मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • मकवानपुरस्थित बागमती किनारमा भेटिए ३ वटा शव, काठमाडौंबाट बगाएर लगेको आशंका

    काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–१० मन्थलीस्थित बागमती नदीको किनारमा ३ वटा शव भेटिएको छ ।

    स्थानीयले माछा मार्ने क्रममा शव देखेपछि गाउँपालिकालाई खबर गरेका थिए । त्यहाँ दुई पुरुष र एकजना महिलाको शव रहेको गाउँपालिकाले जनाएको छ । 

    शवबारे आफूहरूलाई जानकारी आएको र परीक्षणका लागि काठमाडौं कसरी लैजाने भन्ने विषयमा गृहमन्त्रालयसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । 

    बागमती किनारमा भेटिएका ती शव काठमाडौं उपत्यकाबाट बाढीले बगेर आएको हुनसक्ने अनुमान गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij