झ्याप्ले खोला पहिरो हटाउन पृथ्वी राजमार्ग दुई घण्टाका लागि पूर्णरुपमा बन्द

झ्याप्ले खोला पहिरो हटाउन पृथ्वी राजमार्ग दुई घण्टाका लागि पूर्णरुपमा बन्द

मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • झ्याप्ले खोला पहिरो हटाउन  पृथ्वी राजमार्ग दुई घण्टाका लागि पूर्णरुपमा बन्द

    काठमाडौं । पृथ्वी राजमार्ग दुई घण्टाका लागि पुर्ण रुपमा बन्द गरिएको छ । १२ गतेको बाढी पहिरोपछि एकतर्फीरुपमा सञ्चालन भएको सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो ।

    झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका लागि २ घण्टाका लागि बन्द गरिएको जनाइएको छ । लामो यात्रामा निस्कनुपर्ने भए नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर मात्रै निस्कन प्रहरीले अनुरोध गरेको छ ।

    झ्याप्ले खोलाको पहिरोले बन्द भएको सडक सोमबारदेखि आंशिकरुपमा सञ्चालनमा आएको थियो ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij