मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं । धनुषाको जनकपुर ढल्केबर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका १ का २७ वर्षीय सत्यनारायण यादव छन् । 

    मोटरसाइकल पछाडि बस्ने वर्ष ५७ का गणपत यादव घाइते भएको प्रहरीले जनाएको छ । 

    सोमबार राति सवा ८ बजे जनकपुरबाट तिव्रगतिमा ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००३ प ८३११ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका २ नक्टाझिज स्थित अनियन्त्रित भएर दुर्घटना भएको हो ।

    चालक सत्यनारायणको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij