मनाङको पहिरोले अवरुद्ध सडक १०० दिनपछि सञ्चालनमा

मनाङको पहिरोले अवरुद्ध सडक १०० दिनपछि सञ्चालनमा

मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • मनाङको पहिरोले अवरुद्ध सडक १०० दिनपछि सञ्चालनमा

    काठमाडौं । रघुगङ्गा गाउँपालिकाको दुर्गम गाउँ कुइनेमङ्गले जोड्ने सडक एक सय दिन पछि खुलेको छ ।

    गएको असार ८ गते वर्षा सँगै आएको पहिरोले गर्दा रघुगङ्गा गाउँपालिका–७ मनाङमा पहिरो जाँदा गलेश्वर–राखूँ हुँदै कुइनेमङ्गले जाने सडक अवरुद्ध भएको थियो । वर्षाले गर्दा लामो समयसम्म पहिरो पन्छाउन नसकेको भए पनि वर्षा कम हुन थाले पछि सडक खुलाइएको हो । 

    कुइनेमङ्गले तथा चिमखोला क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूसँग सहकार्य गरेर सडक सञ्चालन गरिएको हो । आयोजनालाई अनुरोध गरेर उनीहरूकै सामग्रीहरू प्रयोग पछि सडक सञ्चालनमा आएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij